प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री प्रचण्डले आज प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।

आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको पूर्वअध्यक्ष समेत हो । यसअघि उहाँ २०७३ सालमा पनि प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार हुनुहुन्थ्यो।

Back to top button