बागमती प्रदेशमा उच्च शिक्षा नियमावली स्वीकृत

हेटौंडा । बागमती प्रदेशमा विश्वविद्यालय सञ्चालन गर्ने तयारी स्वरुप प्रदेश उच्च शिक्षा नियमावली–२०७९ स्वीकृत भएको छ ।

आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सो नियमावली स्वीकृत गरेसँगै प्रदेशमा विश्वविद्यालय सञ्चालनको बाटो खुला गरेको हो ।

यस्तै, सोही बैठकले प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरी प्रदेश सभामा पेश गर्ने स्वीकृती प्रदान गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी, बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन (चौथो संशोधन) नियमावली स्वीकृती गरेको छ ।

Back to top button