युक्रेन र रूसद्वारा युद्धबन्दी आदान–प्रदान

युक्रेन र रूसले युद्धबन्दी आदान–प्रदान गरेका छन् । रूससँगको युद्धबन्दी आदानप्रदान सम्झौताअन्तर्गत एक सय युक्रेनी बन्दी रिहा भएका हुन् ।

रूससँगको पछिल्लो कैदी आदानप्रदानमा २० महिलासहित एक सय युक्रेनी बन्दी रिहा भएका युक्रेनी अधिकारीहरूले बताएका छन्।

रूसबाट रिहा भएकाहरूमा युक्रेनी सेनाका जवान, राष्ट्रिय गार्ड र नौसेनाका जवान र सीमा सुरक्षा बलका सदस्य रहेका युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुख एन्ड्री येर्माकले बताउनुभएको छ ।

रिहा भएकामध्ये केही घाइते तथा केही गम्भीर बिरामी छन्। कैदी आदानप्रदान सम्झौताअन्तर्गत युक्रेनले रिहा गरेका रूसी सेनाको संख्या बारेमा उहाँले कुनै विवरण दिएका छैनन्।

यसैबीच, युद्धबन्दीको उपचारका निम्ति समन्वय गर्ने युक्रेनी कार्यालयले गम्भीर घाइते भएका पाँच जना रूसी सैनिकलाई रूससमक्ष हस्तान्तरण गरेको छ।

किएभले उनीहरूलाई जेनेभा अभिसन्धिअनुसार रूसलाई हस्तान्तरण गरेको हो। मार्च २०२२ देखि रूससँगको बन्दी आदानप्रदानअन्तर्गत हालसम्म दुई हजारभन्दा बढी युक्रेनी मुक्त भएका छन्।

Back to top button