बैसाख १ देखि निक्षेपको ब्याजदर घट्ने

काठमाडौं । बैशाख १ गतेदेखि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूले नयाँ वर्षदेखि ब्याजदर घटाउने तय गरेका हुन् ।

नेपाल बैंकर्स संघले ब्याजदर १ दशमलव ०१ प्रतिशतले घटाउने निर्णय गरेको हो । निर्णयअनुसार वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ९ दशमलव९९ प्रतिशत हुनेछ ।

संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने २ प्रतिशत कम तथा ७ दशमलव ९९ प्रतिशत कायम हुने बताइएको छ । हाल मुद्दति निक्षेपको अधिकतम ब्याजदर ११ प्रतिशत छ ।

पछिल्लोपटक यस्तो ब्याजदर १० प्रतिशतभन्दा कम बनाउनुपर्ने माग उठेको थियो ।

Back to top button