एमाले संसद विघटनको दाउमा छ: माधवकुमार नेपाल

इनरुवा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाउनुभएको छ ।

सुनसरीको इनरुवामा आज सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप लगाउनुभयो ।

उहाँले एमालेको यो सोचलाई पूरा हुन नदिने भन्दै संविधान मिच्ने कुरालाई समर्थन गर्न नसक्ने बताउनुभयो ।

नेता नेपालले एमालेसँगको एकताको सम्भावनाका बारेमा मन र विचार मिल्नेहरुसँग बहस र छलफल गर्न तयार रहेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने एकताको सम्भावना नरहेको बताउनुभयो ।

नेता नेपालले केही व्यक्तिले पार्टी छाड्नु विचार नभई व्यक्तिगत निर्णयको भएको बताउनुभयो ।

Back to top button