कर्मचारीको ट्रेड युनियन खारेज गरौंः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्ने बताउनुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्री अमनलाल मोदीको वक्तव्य उपर धारणा राख्दै उहाँले कर्मचारीको युनियन खारेज गर्ने नीति ल्याए आफुहरुको साथ रहने बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्री मोदीले संघीय निजामति विधेयक संसदमा ल्याउने तयारीमा सरकार रहेको बताउनुभएको छ ।

उहाँका अनुसार संघीय निजामती विधेयक तयार पारेर कानुन न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयमा पठाइएको छ ।

कानुन र अर्थ मन्त्रालयको राय प्राप्त भएपछि मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त गरेर संसदमा ल्याउने तयारीमा सरकार रहेको संघीय मामिलामन्त्री मोदीले बताउनुभएको छ ।

Back to top button