रोज्ने र छान्ने प्रवृत्तिले कर्मचारी परिचालनमा समस्या भइरहेको मन्त्री मोदीको भनाई

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपले कर्मचारी परिचालनमा समस्या भएको बताउनुभएको छ ।

आज प्रतिनिधिसभामा समय लिएर बोल्दै मन्त्री मन्त्रीले कर्मचारीले राजनीतिक पहुँचका आधारमा राम्रो ठाउँ छान्ने र मेयर, अध्यक्ष तथा राजनीतिक दलका नेताले आफ्नो स्थानीय तहमा आफू अनुकुलका कर्मचारी खोज्ने गरेको बताउनुभयो ।

स्थानीय तहका प्रमुख, प्रदेश र संघीय सरकारका मन्त्रीले कर्मचारी छानेर माग्ने गरेको भन्दै उहाँले यसरी छानेका कर्मचारी २ हजार मात्र रहेको बताउनुभयो ।

उहाँले प्रश्न गर्दै भन्नुभयो,‘संघीय निजामती सेवामा रहेका ५३ हजार कर्मचारीमध्ये अरु ५१ हजार लाई कहाँ पठाउने’ ?

कर्मचारीले उपत्यका र सुगम ठाउँमात्र खोज्ने र खटाएको ठाउँमा जाँदै नजाने अडान लिँदा पनि समस्या भएको मन्त्री मोदीले बताउनुभयो ।

संघीय सरकारले पठाएका कतिपय कर्मचारीलाई स्थानीय तहका प्रमुखले हाजिर नगराएर फर्काइदिएको पनि मन्त्री मोदीले गुनासो गर्नुभयो ।

Back to top button