सगरमाथामा ३ आरोही बेपत्ता

काठमाडौं । सगरमाथामा ३ जना शेर्पा आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु आज बिहान साढे ९ बजेदेखि बेपत्ता भएका हुन् ।

बेपत्ता आरोहीहरुमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेको निर्देशक खतिवडाले बताउनुभयो । उहाँहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता हुनुभएको हो । अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उहाँहरुको खोजी कार्य भइरहेको छ ।

उहाँहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ । अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने तथा अत्यावश्यक सामान लैजाने काम जारी छ ।

शेर्पा आरोही आफ्नो कम्पनीका व्यावसायिक आरोहीको सामान ओसारपसारमा खटिएको बताइएको छ ।

Back to top button