नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने समूहका थप एक जना पक्राउ

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने गिरोहका थप एक सदस्य पक्राउ परेका छन् ।

आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाङका ३४ वर्षीय सन्देश शर्मालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

गत जेठमै नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान सुरु भएपछि शर्मा फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेकै अवस्थामा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट आरोपीहरुविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।

करिब १० महिनापछि शर्मालाई पक्राउ गरिएको हो । गिरोहका अन्य चार सदस्य केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारी यसअघि नै पक्राउ परिसकेको र ठगी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले आज पक्राउ परेका शर्माविरुद्ध अनुसन्धान अगाडि बढेको बताउनुभएको छ ।

Back to top button