रास्वपा बैठक सुरू, ढाकाको विषयमा निर्णय गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरू भएको छ ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा निर्णय गर्ने जानकारी दिनुभयो।

पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन हिजो नै पार्टी सभापति रवि लामिछानेलाई बुझाएको थियो । बैठकपछि आज नै पत्रकारसम्मेलन गरी सांसद श्रेष्ठबारे पार्टीको निर्णय सुनाउने प्रमुख सचेतक परियारले जानकारी दिनुभयो।

यस्तै, रास्वपा सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्नका लागि व्यापारी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको छ।

Back to top button