सन्दकपुर गोल्डकपः बिर्तामोडलाई हराउँदै बुट्टाबारी फाइनलमा

इलाम । बिर्तामोड युनाइटेडलाई हराउँदै बुट्टाबारी युनाइटेड तेस्रो सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निक्कै प्रतिस्पर्धात्मक खेलमा ३-२ गोल अन्तरले विजयी बन्दै बुट्टाबारी फाइनल प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टीम १-१ गोलको बराबरीमा रहे । खेलको ५९ औं मिनेटमा बुट्टाबारीका प्रदिप बुढाथोकीको प्रहारले जाली चुमेपछि अग्रता लिन पुग्यो ।

त्यसको ५ मिनेट बित्न नपाउँदै बिर्तामोडका बिशाल तामाङले पेनाल्टी मार्फत खेललाई बराबरीमा फर्काउन सफल हुनुभयो । निर्धारीत समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलियो ।

बुट्टाबारीका निरोज कार्की, प्रदिप बुढाथोकी र विकाश थुलुङले गोल गर्नुभयो । बिशाल दर्जी, दुर्लभ तिवारी र रोमन भुजेलको प्रहार गोलरक्षक रोशन गुरुङले बचाउनुभयो ।

विर्तामोडका विशाल तामाङ र निशान लामाले गोल गर्नुभयो । कप्तान विक्रम तामाङ र रिजन गुरुङको प्रहार फ्रेममा पर्न सकेन् । दिनेश मुर्मु र सूर्य टुडुको प्रहार गोलरक्षक युवराज पुरीले बचाउनुभयो ।

खेलको म्यान अफ दि म्याच बिजेता टिमका गोलरक्षक युवराज पुरी घोषित हुनुभयो । फाइनल प्रवेशसंगै बुट्टाबारीले फिक्कल युनाइटेडसंग बैशाख १ गते प्रतिस्पर्धा गर्नेछ ।

Back to top button