ऋचा मेमोरियल टी–२० क्रिकेटःआर्मी फाइनलमा

विराटनगर । विभागीय टिम नेपाल आर्मी लगातार दोस्रो जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

दोस्रो खेलमा आर्मीले अर्को विभागीय टिम एपीएफसँग खराब लाइटिङका कारण डिएलमेथडबाट गरिएको निर्णयका आधारमा २३ रनले जितेको हो ।

दोस्रो जितसँगै आर्मी समूह ‘क’ बाट ४ अंक बनाउँदै रनरेटको आधारमा फाइनलमा पुगेको छ । एपीएफले दिएको १५९ रनको लक्ष्य आर्मीले १७ ओभरमा ४ विकेट गुमाउँदा १५१ रन बनाएको थियो ।

डिएलमेथडको आधारमा २३ रनले जित निकालेको हो । भोलीबाट समूह ‘बी’बाट लिगको आधारमा खेल हुनेछ ।

पहिलो खेल दिल्ली युनाईटेड र बिगाभीय टिम नेपाल पुलिस बिच हुनेछ । सोही दिन दोस्रो खेल एनबी ग्रुप धनगढी र एनएनबीएससी विराटनगरबीच हुनेछ ।

Back to top button