कोशी प्रदेश सरकारको मन्त्रीपरिषद बैठक सम्पन्नः यस्ता छन् निर्णय

विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवली २०७९ स्वीकृत गर्नेलगायतका विभिन्न निर्णय गरेको छ ।

यस्ता छन् २९ चैत २०७९ मा बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका निर्णयहरु

(१) प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवली २०७९ स्वीकृत गर्ने र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवली २०७५ खारेज गर्ने ।

(२) मनमोहन प्राविधिक विश्वविद्यालय भौतिक पूर्वाधार निर्माणका लागि द्विपक्षीय समझदारी अनुसार तय हुनेगरि आर्थिक सहयोग उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने ।

(३) मनमोहन प्राविधिक विश्वविद्यालयका लागि द्विपक्षीय समझदारी अनुसार तय हुनेगरि विभिन्न विषयका विज्ञ र दक्ष प्राविधिक प्रशिक्षक उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने ।

(४) कोरोना भाइरस प्रकोपको सतर्कताका लागि आवश्यक पहलकदमी चाल्नका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने ।

Back to top button