कोशी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव माधव घिमिरेले एक विज्ञप्ति जारी गर्दै बुधबार राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य भएको सूचना जारी गर्नुभएको छ ।

Back to top button