नामकरणको विषयमा जातीय द्वन्द भड्काउन खोजीयोः माधवकुमार नेपाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशको नामकरणमा जातीय द्वन्द भड्काउन खोजेको आरोप लगाउनुभएको छ ।

सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले नामकरणमा असन्तुष्ट जनाउँदै पहिचानवादी समूहहरूले आन्दोलन चर्काइरहेको बेला उहाँले आपत्ति जनाउनुभएको हो ।

नामको विषयलाई लिएर जातीय द्वन्द भड्काउने शक्ति सक्रिय भएको आरोप लगाउँदै उहाँले भन्नुभयो,‘साझा पहिचानको मुद्दालाई हाम्रो सधैँ समर्थन रहन्छ । सामाजिक तथा सांस्कृतिक पहिचानको सम्मान गर्न हामी सधैं तयार छौं ।’

सञ्चारकर्मीहरुले वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेको विषयमा राखेको जिज्ञासामा उहाँले मनको शान्तिको लागि बिदा हुनेलाई पार्टीले नछेक्ने बताउनुभयो ।

Back to top button