मेयर बालेनको संघीय सरकारलाई धम्किः काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अन्यत्र सार्नुस

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न चेतावनी दिनुभएको छ ।

काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका मेयर साहले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाडौंवासीलाई आपत्ति नहुने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’ उहाँले काठमाडौंवासीलाई सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने तर राजनीति नचाहिने उल्लेख गर्नुभएको छ ।

निजी स्तरको कम्पनी ‘परिवर्तन सेवा प्रालि’ले शहरी विकास मन्त्रालयसँग गरेको सम्झौताका आधारमा सिंहदरबार परिसरको फोहोर व्यवस्थापन गर्दै आएको थियो ।

तर मेयर शाहले कम्पनीका सञ्चालक मित्र घिमिरेलाई सिंहदरबारको फोहोर उठाए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै रोक्न निर्देशन दिनुभएको छ । यो विषयले संघीय सरकार र काठमाडौं महानगरबिचको द्वन्द चर्कर्दै गएको छ ।

Back to top button