थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ४ सय ३५

काठमाडौं । थप १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ४ सय ८८ नमूना परीक्षण गर्दा १ सय ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५ सय ४१ र एन्टीजेनबाट ९ सय ४७ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट ४२ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ७४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ३५ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

Back to top button