सभामुख घिमिरेले बोलाएको ३ दलको बैठक स्‍थगित

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख ३ दलका शीर्ष नेताको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजे सिंहदरबारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो।

सभामुखले संसदको बिजनेस, संयुक्ति समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठनलगायतका विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहनुभएको छ ।

सभामुख घिमिरेले गत चैत्र २५ गते सिंहदरबारमा र चैत्र २८ गते सरकारी निवास बालुवाटारमा सोही विषयमा छलफल गर्नुभएको थियो।

Back to top button