जनकपुर–जयनगर रेल सेवा विस्तार

जनकपुर । दैनिक २ पटक चल्दै आएको जनकपुर– जयनगर रेल सेवा आजदेखि ४ पटक चल्न थालेको छ । नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार गरेको हो ।

कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब जनकपुरको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्ने छ ।

यस्तै, जयनगरबाट रेल जनकपुर कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे प्रस्थान गर्ने महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

एकवर्ष अघि सञ्चालनमा आएको ब्रोडगेज रेल बिहान १० बजे जनकपुरबाट छुट्ने र साढे ११ बजे जयनगर पुग्ने गरेको थियो भने त्यहाँबाट जनकपुरका लागि दिउँसो ३ बजे प्रस्थान गर्ने गरेको थियो ।

महाप्रबन्धक झाले विजलपुरासम्म रेल सेवा विस्तारका लागि २ चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

Back to top button