अमेरिकाको टेक्सासमा भएको बिष्पोटमा परि १८ हजार गाई मरे

यस हप्ताको सुरुमा अमेरिकाको टेक्सासको डेरी फार्ममा भएको विस्फोटमा परेर करिब १८ हजार गाई मरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

डिमिट शहर नजिकैको साउथ फोर्क डेरीमा भएको विस्फोटमा एकजना व्‍यक्ति पनि गम्भिर घाइते भएको बताइएको छ । अधिकारीहरूका अनुसार मिथेन ग्यास पड्किएर बिस्पोट भएको हो ।

सन् २०१८ देखि २०२१ सम्म अमेरिकामा आगलागीमा लगभग तीन लाख घर पालुवा जनावरहरू मरेको तथ्यांक पनि सार्वजनिक भएको छ।

Back to top button