शिक्षक संघको अध्यक्षमा गिरी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित हुनुभएको छ । संघको नवौं अधिबेसनबाट गिरीले अर्का प्रतिस्पर्धी गोकर्ण बहादुर बानियाँलाई पराजित गर्नुभएको हो ।

पार्टीको संस्थापनइतर निकट गिरीले संस्थापन पक्षका बानियाँलाई हराउनुभएको हो । जम्मा खसेको ६ सय ७ मतमा गिरीले ३ सय ५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

अध्यक्षका अर्का उम्मेदवार बानियाँको पक्षमा २ सय ९८ मत खसेको छ । नवनिर्वाचित कार्यसमितिको अधिकांश पदमा शेखर–गगन पक्षका उम्मेदवारले जित निकालेका छन् ।

पदाधिकारीमा महिला उपाध्यक्ष र महासचिव बाहेकका पद संस्थापनइतर पक्षका उम्मेदवार निर्वाचित हुनुभएको छ । संस्थापन पक्षबाट महिला उपाध्यक्षमा धनकला भण्डारी र महासचिवमा ज्ञानेन्द्र बहादुर रावल निर्वाचित हुनुभएको छ ।

यस्तै, बुधबार र बिहिबार भएको अधिवेशनको मत परिणाम आज विहान सार्वजनिक भएको छ ।

Back to top button