संविधान दिवसमा घोषित विभूषण राष्ट्रपतिद्वारा वितरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई विभूषण प्रदान गर्नुभएको छ ।

असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकाहरूलाई आज शितल निवासमा विभूषित गरिएको हो।

आज शितल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित हुनुहुन्थ्यो ।

निर्वाचन आयोगका आयुक्तहरू, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, कलाकार राजेश हमाल र दीपकराज गिरीलगायतलाई राष्ट्रपतिले विभूषण प्रदान गर्नुभएको छ । राष्ट्रपतिबाट ९ सय ८२ जनालाई विभूषण प्रदान भएको हो।

Back to top button