आजदेखि निक्षेपको ब्याजदर घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुले आजदेखि लागू हुने गरी निक्षेपको ब्याजदरमा कटौती गरेका छन् ।

नेपाल बैंकर्स सङ्घको बैठकले नयाँ वर्ष २०८० सालदेखि लागू हुने गरी मुद्दती तथा बचत खाताको ब्याजदर घटाउने निर्णय गरेको थियो ।

निर्णय अनुसार व्यक्तिगत मुद्दती खातामा बैंकले अब अधिकतम ९ दशमलव ९९ प्रतिशतसम्म ब्याज दिने भएका छन् । यसअघि मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो ।

संस्थागत खातामा बैंकले ७ दशमलव ९ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याज रहेको थियो ।

त्यस्तै, साधारण बचतमा ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि बैंकहरूले बचतमा न्यूनतम् ६ प्रतिशत ब्याज दिँदै आएका थिए ।

Back to top button