खरबारीमा लागेको आगलागिमा परि एक बृद्धको मृत्यु

गुल्मी । खरबारीमा लागेको आगोमा परि गुल्मीमा एक जना वृद्धको मृत्यु भएको छ । सत्यवती गाउँपालिका–४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शाहीलाई घाँस काट्ने क्रममा खरबारीमा लागेको आगोमा परी घाइते अवस्थामा स्थानीयले फेला पारेका थिए । उपचारको लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु भएको श्रेष्ठले बताउनुभयो ।

प्रहरीले घटना स्थलको मुचुल्का उठाएर शवलाई पोष्ट मार्टमको लागि श्रृङ्गा स्वास्थ्य चौकीमा ल्याएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खरबारीमा लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रण लिएको छ ।

Back to top button