मोरङमा मासु अड्किएर एक जनाको मृत्यु

विराटनगर । घाँटीमा मासु अड्किएर मोरङको रतुवामाई नगरपालिका–९ मा हिजो साँझ एक जनाको मृत्यु भएको छ ।

बंगुरको मासु घाँटीमा अड्किँदा रतुवामाई–९ का ४८ वर्षीय बेथुलाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पोलेर खाने क्रममा साँझ ५ बजेतिर माझीको घाँटीमा मासु अड्किएको थियो । माझीलाई परिवारका सदस्यले तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगेका थिए ।

यस्तै, उपचारका क्रममा साँझ ७ः५० बजेतिर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा राखिएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Back to top button