भारतमा एकैदिन १० हजारमा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा भारतमा १० हजार ७ सय ५३ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । हिजो ११ हजार १ सय ९ जना बिरामी भेटिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत बिहीबार १० हजार १ सय ५८ जना संक्रमित भेटिएका थिए । अहिले भारतभर ५३ हजार ७ सय २० जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा ६ हजार ६ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् ।

यस्तै, हालसम्म ४ करोड ४२ लाख २३ हजार २ सय ११ जना कोरोनामुक्त भएका छन् ।

Back to top button