सिरहामा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु

सिरहा । सिरहामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। गोलबजार नगरपालिका–१ मा गएराति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको मृत्यु भएको हो।

नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिनुभयो ।

घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुदाथोकीले जानकारी दिनुभयो । आलेमगरको शव प्रादेशिक अस्पताल लहानमा राखिएको छ ।

Back to top button