भारतको महाराष्ट्रमा यात्रुबहाक बस दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु

भारतको महाराष्ट्रस्थित पुरानो पुणे–मुम्बई हाइवे सडकमा एक यात्रुबस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बस शिंग्रोबा मन्दिर पछाडीको खोँचमा खसेको हो ।

उद्धार दलका एक कर्मचारीलाई उदृत गर्दै बीबीसीले उक्त घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको आशंका गरिएको जनाएको छ । मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् ।

बसमा ४० देखि ४५ जना यात्रु सवार थिए । बसमा फसेका यात्रुहरूलाई निकाल्ने क्रम जारी रहेको छ । घाइते यात्रुको खोपोली नगर अस्पतालमा उपचार भइरहेको छ ।

Back to top button