सरकारले महाविपदका बेला जस्तै काम गर्नुपर्छ: गगनकुमार थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री देखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो काम गर्नुपर्ने बताउनुभएको हो ।

नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले अहिले मुलुक संकटमा रहेको र सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने बताउनुभयो ।

‘अहिले सरकारलाई भ्याईनभ्याई हुनु पर्ने भन्दै त्यसरी काम गर्दा मात्रै परिणाम दिन सकिने तर्क गर्नुभयो । महामन्त्री थापाले ठीक ढंगले काम गर्न नसकेमा मुलुकको स्थिति बिग्रदै जाने बताउनुभयो ।

ठीक ढंगले काम गर्न सक्दा ३/४ महिना भित्रैमा सबै कुरा सम्हाल्न सकिने भएपनि राम्रोसँग सम्हाल्न नसक्दा बिग्रदै जाने बताउनुभयो । महामन्त्री थापाले ‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउँदै यस्ता भ्रमपूर्ण कुराको प्रभावमा नपर्नका लागि अघि बढ्नुपर्ने बताउनुभयो ।

Back to top button