प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तरगतको प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो।

उहाँका अनुसार आजको बैठकमा ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७’ र ‘भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७७’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने संभावित कार्यसूची रहेको छ।

सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

यस्तै, सभामुख घिमिरेले बैठकमा नेपाली कांग्रेस नेता तेजमान तुम्वाहाम्फेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने छ । कांग्रेस नेता तेजमानको ९७ वर्षको उमेरमा गत चैत्र २४ गते निधन भएको थियो।

Back to top button