आज ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । यसअघि चैत ३० गते प्रतितोला १ लाख १० हजार ८ सय मूल्य कायम भएकोमा आज ८ सयले घटेर प्रतितोला १ लाख १० हजार कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय कायम भएको छ।

यस्तै, चाँदी प्रतितोला १ हजार ४ सय ५० कायम भएको छ ।

Back to top button