अमृत साइन्स क्याम्पसमा स्ववियु निर्वाचनको मतदान जारी

काठमाडौं । अमृत साइन्स कलेज (अस्कल)मा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ । चौथो पटक सरेर भइरहेको निर्वाचनमा अध्यक्ष पदका लागि ४ जना उम्मेदवार मैदानमा छन् ।

यस्तै, १ हजार ८ सय विद्यार्थी अध्ययनरत यहाँ संयुक्त गठबन्धन (अखिल क्रान्तिकारी, नेविसंघ, नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठन) का साझा उम्मेदवार अखिल क्रान्तिकारीका प्रेम जैशी, अनेरास्ववियुका कमलराज जोशी, स्वतन्त्रबाट लक्ष्मण सिंह धामी र मनिष बोहरा उम्मेदवार हुनुहुन्छ ।

२०६५ मा जितेको अनेरास्ववियुलाई यसपटक संयुक्त गठबन्धन र स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । चारै जना उम्मेदवारले आफूले चुनाव जित्ने दावी गर्दै आएका छन् ।

Back to top button