प्रधानमन्त्री प्रचण्डद्वारा आठौं पटक मन्त्रिपरिषद विस्तारः अझै पाएन पूर्णता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यद्यपी मन्त्रिपरिषदले पूर्णता भने पाउन सकेको छैन ।

आज नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री बनाइएको छ । साउदले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खानुभएको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिनुभएको छ । आठौं पटक प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरे पनि अझै ५ मन्त्रालय प्रधानमन्त्रीको काँधमा रहेको छ।

Back to top button