संसदभित्र हराएका प्रधानमन्त्री खोज्दै सूचना वाचन

काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खोज्दै हराएको सूचना वाचन भएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमाले सांसद् रघुजी पन्तले प्रधानमन्त्री ‘प्रचण्ड’ हराएको भन्दै खोजिका लागि हुलिया समेत वाचन गर्नुभयो । प्रधानमन्त्री संसदमा आउनै छोडेको भन्दै उहाँले ब्यङ्ग्यात्मक शैलिमा प्रधानमन्त्रीप्रति कटाक्ष गर्नुभयो ।

यस्तो छ, सांसंद पन्तले वाचन गरेको प्रधानमन्त्री हराएको सूचना

नागरिकताको नामः पुष्पकमल दाहाल ‘प्रचण्ड’

चलन चल्तीको नामः प्रचण्ड

स्थायी ठेगानाः फेरिरहने

अस्थायी ठेगानाः कहिले बालुवाटार कहिले खुमलटार

हुलियाः पहिले पहिले कोटपाइन्ट, हाल दौरासुरुवाल

उमेरः ६५ वर्ष नाघेको, ७० नपुगेको जस्तो देखिने

उहाँ केहि दिनअघि प्रतिनिधि सभामा झुलुक्क देखिएपनि हाल संसद्मा आउनै छोडेकोले उहाँलाई फेला पार्नुहुने व्यक्तिले प्रतिनिधि सभा भवन नयाँ बानेश्वर बुझाइदिनुहोला ।

उहाँ अन्तिम पटक देखिएको स्थानः बालुवाटाराको छेउछाउ।

Back to top button