२४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६ सय ४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै संस्थागत आइसोलेसनमा ३७, आईसीयुमा ११ जना रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ३ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् ।

Back to top button