नेप्सेमा २ दशमलव ८० अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्ष २०८० को पहिलो कारोबार दिन सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । दिनभर उतारचढाव देखिएको बजार परिसूचक नेप्से आज २ दशमलव ८० अंकले घटेर १९३१ दशमलव ६८ अंकमा बन्द भएको छ ।

होटल तथा पर्यटन र बीमा उपसूचक सहित बैंकिङ उपसूचकमा पनि सामान्य वृद्धि हुँदा पनि अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि ओरालो लागेको हो ।

पर्यटन क्षेत्रमा सकारात्मक बन्दै जाँदा होटल तथा पर्यटन क्षेत्रका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज होटल तथा पर्यटन उपसूचक ४ दशमलव ६५ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, निर्जीवन बीमा उपसूचक ० दशमलव २२ प्रतिशत, जीवन बीमा उपसूचक ० दशमलव ०९ प्रतिशत र बैंकिङ उपसूचक ० दशमलव ०१ प्रतिशतले वृद्धि भएको छ । व्पापार उपसूचक ० दशमलव ९८ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक ० दशमलव ६६ प्रतिशत, उत्पादनमूलक उपसूचक ० दशमलव ५६ प्रतिशत र हाइड्रोपावर उपसूचक ० दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ ।

आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । गत बुधबार करिब २ अर्ब र बिहीबार पनि डेढ अर्ब माथिको कारोबार भएको बजारमा आज भने कारोबार रकम १ अर्ब पनि पुग्न सकेन । यसदिन नेप्सेमा ३३ हजार १४९ वटा कारोबारमा ३० लाख ५६ हजार ७७५ कित्ता सूचीकृत धितोपत्र खरिद बिक्री हुँदा ९७ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएकामध्ये सोल्टी होटलको ३ करोड ८९ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ३ करोड ६५ लाख र शिवम् सिमेन्टको ३ करोड १७ लाखको कारोबार भएको छ ।

यसदिन सेयर बजारमा कुल २१९ कम्पनीको सेयर कारोबारमा आउँदा १३९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १० कम्पनीको सेयरमूल्य स्थिर हुँदा ७० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।

जसमध्ये आदर्श लघुवित्त, मोलुङ खोला जलविद्युत कम्पनी र कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यस्तै तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य ७।४३ प्रतिशतले वृद्धि भएको छ ।

एशियन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७ दशमलव ४३ प्रतिशतले गिरावट हुँदा सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ६ दशमलव ७६ प्रतिशत र महुली लघुवित्तको सेयरमूल्य ४ दशमलव ५९ प्रतिशतले गिरावट भएको छ ।

Back to top button