प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा एमाले अध्यक्ष ओली भेट्न बालकोट जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाँदै हुनुहुन्छ ।

भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहनुभएका ओलीलाई भेट्न उहाँहरु बालकोट जान लाग्नुभएको हो । अध्यक्ष ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल गर्ने उहाँहरुको तयारी छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे शीर्ष तहमा तीन दिनयता छलफल हुन नसकेकाले ती विधेयक अघि बढाउने बिषयमा पनि छलफल योजना रहेको छ ।

Back to top button