राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूचि

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा पार्वतीले समितीको प्रतिवेदन छलफलका लागि पेश गर्ने कार्यसूची छ।

उहाँले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यन्वयनको अनुगमन तथा मूल्यांकन प्रतिवेदन छलफलका लागि पेश गर्ने हुनुभएको हो ।

बैठकमा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ।

Back to top button