‘ए’ डिभिजन लिगः आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्।

नवौँ चरणको अन्तिम दुई खेलमध्ये एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ भने च्यासल मैदानमा थ्रीस्टार क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुनेछ ।

Back to top button