कोरोना संक्रमणबाट थप एकको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ नमुनामध्‍ये ५ सय ७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १ सय ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ७९ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

आज ६० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

Back to top button