एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि सुरू हुँदैःपहिलो खेलमा नेपाल र मलेसीया भिड्दै

काठमाडौं । एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि सुरू हुँदै छ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र मलेसिया प्रतिष्पर्धा गर्दैछन् ।

खेलको समुह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । पहिलो खेल मलेसियासँग खेल्ने नेपालले दोस्रो खेल भने ओमानसँग वैशाख ८ मा खेल्नेछ ।

मुलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल वैशाख ११ गते खेल्ने नेपाल अन्तिम खेल वैशाख १४ गते कतारसँग भिड्नेछ । यो प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ।

पहिलो पटक मुलपानीस्थित खेल मैदानमा पनि प्रतियोगिता हुन लागेको हो । नेपालले दोस्रो खेल ओमानसँग वैशाख–८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ।

प्रतियोगिताको सेमिफाइनल वैशाख १६ र फाइनल खेल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

Back to top button