राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्‍थगित

काठमाडौं । आजका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ। आज अपरान्ह २ः३१ बजेका लागि बोलाइएको बैठक विशेष कारणबस स्थगित भएको संघीय संसद सचिवालयको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो।

उहाँले सूचना निकालेर बैठक स्‍थगितबारे जानकारी गराउनुभएको हो । सूचनामा भनिएको छ,‘सभाको बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्नेगरी सम्मानीय अध्यक्षज्यूले निर्धारण गर्नहुने व्‍यहोरा माननीय सदस्यहरूका लागि यो सूचना प्रकाशन गरिएको छ।’

Back to top button