प्रतिनिधि सभा बैठक सुरु

काठमाडौं । संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतवेदन २०७८–०७९ पेश गर्ने दैनिक कार्यसूचीमा उल्लेख छ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन विधेयक) २०७७ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

Back to top button