नेकपा एसले संगठन सुदृढिकरण अभियान जेठ मसान्तसम्म गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले संगठन सुदृढिकरण विशेष अभियान २ महिना थप गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा आज बसेको सचिवालय बैठकले संगठन सुदृढिकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्म रहने गरी २ महिनालाई थप गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

सचिवालयको निर्णय अनुसार पार्टी संगठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरी अघि बढ्ने उहाँले बताउनुभयो।

यस्तै, बैठकमा बैशाख ९ र १० गते मनाउने नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको तयारीका विषयमा छलफल भएको थियो ।

Back to top button