खेलाडीलाई मासिक ३ हजार दिने सांसद शाहीको घोषणा

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले आफूले पाउने मासिक तलबबाट ३ हजार रुपैयाँ नेपाली खेलाडीलाई दिने घोषणा गर्नुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफ्नो प्रत्येक महिनाको पारिश्रमिकबाट खेलाडीलाई ३ हजार रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो,‘आज म संसदबाट घोषण गर्न चाहन्छु,मेरो प्रत्‍येक महिनाको पारिश्रमिकबाट ३ हजार खेलाडीहरूलाई खर्च गर्न चाहन्छु।’

सांसद शाहीले सबै प्रदेश र संघीय सांसदहरूलाई पनि खेलाडीका लागि केही रकम छुट्याउन आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो,‘अनुरोध गर्दछु कि हामी ८ सय ८४ जना छौं यदि हरेक सांसदले महिनाको ३ हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र देशको नाम संसार भर चिनाउन सहयोग पुग्नेछ।’

यस्तै, सांसद शाहीले प्रदेश खारेज गर्न माग समेत गर्नुभयो।

Back to top button