कोरोनाबाट २ जनाको मृत्यु, एकैदिन थपिए १ सय ७१ संक्रमित

काठमाडौं । थप १ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २ हजार २ सय ९२ नमुना परीक्षण गर्दा १ सय ७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९ सय ८० र एन्टीजेनबाट १ हजार ३ सय १२ नमुना परीक्षण गर्दा पीसीआरबाट १ सय ५ र एन्टिजेनबाट ६६ को रिपोर्ट पोजिटिभ आएको हो। कोरोनाका कारण २ जनाको मृत्यु भएको छ।

यस्तै, यो अवधिमा ८५ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ९७ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

Back to top button