सेयर बजारमा आज सामान्य करेक्सन,कारोबार रकम ८७ करोडमा झर्यो

काठमाडौं । सेयर बजारमा आज सामान्य अंकले करेक्स आएको छ। नेप्से परिसूचक ३ दशमलव ०७ अंकले घटेर १९०४ दशमलव ९८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स भने ० दशमलव १७ अंकले बढेको छ।

नेप्से सामान्य अंकले ओरालो लागेपनि कारोबार रकम भने हिजोको तुलनामा घटेको छ। यसदिन २ सय ६६ कम्पनीको २९ लाख ७५ हजार ९ सय २० कित्ता सेयर ८७ करोड ४ लाख ४८ हजार १ सय ५२ रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो कारोबार दिन नेप्से परिसूचक २३ दशमलव ६३ अंकले घटेको थियो। सो दिन ९२ करोड बढिको कारोबार भएको थियो। आज २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो। कालिञ्चोक दर्शन र मोलुंग हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा प्रभु बैंक (प्रोमोटर सेयर) शीर्षस्थानमा रह्यो। सो बैंकको ५ करोड बढिको कारोबार भयो। शिवम् सिमेन्टको ३ करोड ९८ लाख र नेस्डो समृद्धि लघुवित्त वित्तीयको सेयर ३ करोड बढिमा कारोबार भयो।

सेयर कारोबारमा आएका १३ उपसमूहमध्ये ३ को मूल्य बढ्यो भने बाँकी १० को मूल्य घट्यो। ​​​​​​​होटल्स एन्ड टुरिजम उपसमूहको सूचक १ दशमलव १७ अंकले बढ्यो।

Back to top button