ए डिभिजन लिग फुटबलः आज तीन खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज तीन खेल हुँदैछन् । दिउँसो ३ बजे लतिपुरको च्यासल मैदानमा हुने खेलमा जावलाखेल र नेपाल पुलिस क्लब भिड्ने छन् ।

९ खेलबाट १७ अंक जोडेको जावलाखेल तालिकाको शीर्ष स्थानमा छ भने समान खेलबाट ५ अंक मात्रै जोडेको पुलिस पुछारमा छ।

दिउँसो ३ बजे दशरथ रंगशालामा हुने अर्को खेलमा एपीएफ र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै टिम चौथो जीतको खोजीमा हुनेछन् । १३ अंकसहित मच्छिन्द्र तालिकाको आठौँ स्थानमा छ भने ११ अंक जोडेको एपीएफ नवौँ स्थानमा छ।

दशरथ रंगशालामै साँझ ६ बजे हुने खेलमा फ्रेण्ड्स क्लब र संकटा क्लब आमनेसामने हुनेछन्। ९ खेलमा दुई जित र २ बराबरी गरेर आठ अंक बटुलेको फ्रेण्ड्स पुच्छारबाट दोस्रो स्थानमा छ। चार जीत र तीन बराबरी खेल्दै १५ अंक जोडेको संकटा तालिकाको सातौँ स्थानमा छ।

Back to top button