मन्त्री मोदीद्वारा सिकलेस एनिमिया रोकथामका लागि अन्तर्राष्ट्रिय सहयोग माग

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सिकलेस एनिमिया रोकथामका लागि अन्तर्राष्‍ट्रिय सहयोग माग्नुभएको छ ।

संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सम्बोधन गर्दै मन्त्री मोदीले थारु समुदायमा भयावह रुपमा फैलिएको सिकलेस एनिमिया रोकथाम र अनुसन्‍धान लागि अन्तर्राष्ट्रिय सहयोग माग्नुभएको हो ।

यो रोगको रोकथामका लागि नेपाल सरकारले निभाउनुपर्ने दायित्व निभाइरहेको भन्दै उहाँले भविष्यमा यसको थप अनुसन्धानका सन्दर्भमा अन्तर्राष्ट्रिय साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

सिकलेस एनिमियाको विषयलाई आफू थारु समुदायकै भएका कारणले पनि अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउनु आफ्नो दायित्व भएको बताउनुभयो ।

फरक प्रसंगमा मन्त्री मोदीले लामो संघर्षपछि २०७२ सालमा नेपालले प्रगतीशील संविधान पाएको भन्दै मन्त्री मोदीले संविधानमा समावेशी र समानुपातिकताको व्यवस्था भएको उल्लेख गर्नुभयो ।

Back to top button