भोली ६ घण्टा त्रिभुवन विमानस्थलमा उडान अवतरण नहुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोली ६ घण्टा बन्द गरिने भएको छ । बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा कुनै पनि उडान तथा अवतरण नहुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलमा अनलाइन यूपीएस जडान गरिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्न लागिएको विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिनुभएको छ ।

एक सूचना जारी गर्दै विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहँदा विभानस्थलभित्रको विद्युत आपूर्ति बन्द हुने हुनाले उक्त अवधिमा उडान तथा अवतरण बन्द रहने जनाएको छ ।

यो समयमा यात्रा गर्ने यात्रुले सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न समेत भनिएको छ ।

Back to top button